Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमसीसी पास गरेर देश र पार्टी गम्भीर दुर्घटना हुनबाट बच्यो : प्रचण्डको सचिवालय


    सोमबार, फाल्गुन १६ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। निकै विवादित बनेको सम्झौता एमसीसी सदनबाट पारित भएसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले पार्टीको धारणा सार्वजनिक गरेको छ। 

    एमसीसी पार्टी गर्ने पार्टी अध्यक्ष प्रचण्डको निर्णयले पार्टीभित्र नेता कार्यकर्ताको असन्तुष्टि चुलिएपछि उनको सचिवालयले भने एमसीसी पारित पश्चात देश र पार्टी गम्भीर राजनीतिक दुर्घटनाबाट बचेको स्पष्टीकरण दिएको छ। 

    प्रचण्डकी स्वकीय सचिव समेत रहेकी छोरी गंगा दाहालले फेसबुकमा एमसीसीबारे लेखेकी छन्, ‘एमसीसीको सवालमा आज दिनभरको घटनाक्रमलाई मात्रै नियालेर गहिराई सम्म पुग्न सकिदैन। एकपटक सोचौं हाम्रो देशसँगै पार्टी गम्भीर राजनीतिक दुर्घटनाबाट बचेको छ।’

    दाहालले पार्टीको नेतृत्वलाई विश्वास गर्न आग्रहसमेत गरेकी छिन्। एमसीसीको विषयलाई लिएर पार्टीमा भ्रम फैलाउन खोजिएको उल्लेख गर्दै पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रचण्डले विशेष सम्बोधन गर्ने गंगाले उल्लेख गरेकी छिन्।
     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार