Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यो व्याख्यात्मक होइन, भ्रमात्मक घोषणा हो: भीम रावल


    आइतबार, फाल्गुन १५ २०७८
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले एमसीसीमाथि सरकारले् गरेको व्याख्यात्मक घोषणा  व्याख्यात्मक नभएर भ्रमात्मक घोषणा भएको टिप्पणी गरेका छन् । 

    आइतबार संसदको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफलमा भाग लिँदै नेता रावलले हल्ला खल्लाको बीचमा एमसीसीमा अनुमोदन गरिन लागिएको भन्दै आपत्ति जनाए । 

    उनले कानुनको अभावमा यो संझौता पेस नै गर्न नमिल्ने भएको बताए। 

    उनले एमसीसी दुई पक्षीय सम्झौता भएकाले नेपालले मात्र गरेर केही नहुँने र यो ठग पत्र बाहेक अरु केही नभएको टिप्पणी गरे । 

    सरकारले निर्लज्जताका साथ काम गरिरहेकोले इतिहासमा यो कलंकको रुपमा रहने बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार