Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • प्रतिनिधि सभाको दोस्रो बैठक सुरु, अर्थमन्त्रीले एमसीसीको १२ बुँदे व्याख्या प्रस्तुत गर्दै


    आइतबार, फाल्गुन १५ २०७८
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठकमा एमसीसी अनुदानसम्बन्धी विस्तृत छलफल सुरू भएको हो । 

    यसअघि आजै बसेको प्रतिनिधि सभाको पहिलो बैठकले एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको थियो । उक्त बैठकमा एमसिसीमाथि सैद्धान्तिक छलफल भएको थियो। सम्झौताको सैद्धान्तिक पक्षमा रहेर सांसद्हरूले धारणा राखेका थिए ।

    एमसीसीलाई पारित गराउनका लागि आजै दोस्रो बैठक राखिएको हो । 

    बैठक रोकेर मन्त्रिपरिषद् बैठक बसेको थियो उक्त बैठकले एमसीसीमा व्याख्यात्मक घोषणा पेस गर्ने निर्णय गरेको थियो । 
    प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनर्दन शर्माले मन्त्रिपरिषद बैठकले पेस गर्ने निर्णय गरेको बारे सदनलाई जानकारी गराइ रहेका छन् । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार