Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वडाअध्यक्ष स्मृतिकपमा अर्घाखाँची बुलेटिनकाे टिम फाइनल प्रवेश


    आइतबार, फाल्गुन १५ २०७८
    605
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • अर्घाखाँची। सन्धिखर्क नगरपालिका-८ किमडाँडामा जारी वडाअध्यक्ष स्मृतिकप भलिबल प्रतियोगितामा अर्घाखाँची बुलेटिनको टिम फाइनल प्रवेश गरेको छ ।

    जिल्ला प्रहरी कार्यालयको बि टिमलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको प्रगतिशील धारापानीलाई दुई एकले पराजित गर्दै अर्घाखाँची बुलेटिन फाइनल प्रवेश गरेको हो । 

    यसअघि भएको पहिलो खेलमा असुरकोटले आयोजक विलाई सोझो सेटमा पराजित गरेको थियो । दोस्रो खेलमा ढाकावाङ्ग भलिबल क्लबलाई पराजित गर्दै प्रहरी ए सेमिफाइनल प्रवेश गरेको छ । 

    प्रतियोगितामा आजको पहिलो खेल प्रहरी ए र असुरकोटबीच सम्पन्न हुनेछ । साेही खेलमा विजेता बन्ने टोली उपाधिका लागि अर्घाखाँची बुलेटिनसँग प्रतिस्पर्धा गर्नेछ ।

    काेभिड संक्रमणका कारण ज्यान गुमाएका वडाध्यक्ष ईश्वरिप्रसाद भुसालकाे स्मृतिमा आयाेजना गरिएकाे प्रतियाेगितामा प्रथम हुनेले नगद ५० हजार, द्वितीय हुनेले ३० हजार र तृतिय हुनेले २० हजार प्राप्त गर्नेछन् ।

    वडा नं ८ काे आयाेजनामा जारी प्रतियोगिताको लुम्बिनी प्रदेशका पूर्वमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार