Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीकाे आक्राेश: एमसिसी उनीहरूले ल्याए, ढुङ्गा मलाई हान्छन्


    शुक्रबार, फाल्गुन १३ २०७८
    970
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा रहेका दलहरू नै एमसिसीविरूद्ध सडकमा ढुङ्गामुढा गरिरहेको भन्दै आक्राेश व्यक्त गरेका छन् ।

    शुक्रबार पोखरामा आयोजित कार्यक्रममा ओलीले सरकारमा बस्नेहरुले कार्यकर्ता पठाएर सडक भकाउन र ढुंगा लगाएको भन्दै आक्राेश व्यक्त गरेका हुन् ।

    ‘देशमा शान्ति सुव्यवस्था छैन, तमासा पनि हदको हुन्छ नि,’ उनले भने, ‘सरकारमा पनि उनै छन्, कार्यकर्ता पठाएर बाटो भत्काउन पठाउँछन्, प्रहरी र मान्छे देख्नै हुँदैन, ढुङ्गा हान्छन्।’

    उनले अघि भने, ‘ढुंगा पनि कसलाई हान्ने भन्दा त्यही बाटोमा एमसीसी सहयोग नेपालमा ल्याइपाउँ भनेर निवेदन दिने झलनाथ खनाल बाटोबाट हिँड्दा ढुंगा हान्दैनन्, ताली बजाउँछन् ।

    ‘एमसीसी अगाडि बढाउनुपर्छ भन्ने डा. बाबुराम भट्टराई हिँड्दा ढुंगा हानिँदैन । नेपाली कांग्रेसले एमसीसी पास गर्नुपर्छ भन्छ, ढुंगा हानिँदैन । टेबल गरेका छन् सभामुखले, ढुंगा हानिँदैन ।’

    कांग्रेस-माओवादीको संयुक्त सरकारका बेला महराले टुंग्याएको र ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेको भन्दै उनले भने, ती सम्झौता गर्नेहरुलाई कसैले हेर्दैनन्, म बाटोबाट हिड्छु, ढुंगा हान्छन् । अनि थाहा हुँदैन यो के भइरहेको छ भनेर ?’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार