Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रहरी प्रधान कार्यालयकाे सर्कुलर- पल शाहलाई जतिसक्दाे चाँडाे पक्राउ गर्नु


    शुक्रबार, फाल्गुन १३ २०७८
    1.1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रहरी प्रधान कार्यालयले बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई पक्राउ गर्न सबै प्रहरी युनिटलाई सर्कुलर गरेको छ ।

    बुधबार एक नाबालिकाले जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको जाहेरी परेसँगै कार्यालयले शाहलाई जतिसक्दाे चाँडाे पक्राउ गर्न आन्तरिक सर्कुलर जारी गरेको हो। 

    शाहलाई पक्राउ गर्न महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी परिसर भक्तपुर, उपत्यकाका सबै वृत्तहरू सक्रिय छन्।

    अपराध महाशाखाका एक अधिकृतका अनुसार तनहुँ प्रहरीले शाहको खोजीका लागि लिखित/मौखिक दुबै अनुरोध पठाएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार