Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस–एमाले सहमतिः सभामुखबिरुद्ध अविश्वास प्रस्ताव ल्याउन देउवा तयार 


    बिहिबार, फाल्गुन १२ २०७८
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीचको बालुवाटार वार्तामा एमसीसी पास गर्ने सहमति भएको छ । स्रोतका अनुसार एमालेले राखेको सभामुख हटाउने, माधव नेपालसहितका १४ सांसदको पद खारेजीको सूचना टास्न कांग्रेस सहमत भएको छ । कांग्रेस सभामुख अग्निप्रसाद सापकोटामाथि अविश्वास प्रस्ताव ल्याउन सहमत भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली एमसीसी पास गर्र्न सहमत भएका छन् ।

    एमसीसी पास गर्न नेकपा माओवादी र नेकपा समाजवादी सहमत नभएपछि प्रधनमन्त्री देउवा एमालेसँग सहकार्य गर्न पुगेका हुन् । एमसीसीकै कारण सत्ता गठबन्धन टुटेको छ ।

    एमाले र कांग्रेसबीच संघीय सरकार देउवाकै नेतृत्वमा रहने र प्रदेश सरकार एमालेका हुने सहमति भएको बताइएको छ ।

    बिहीबार राति कांग्रेससँगको छलफलका लागि एमाले शीर्ष नेताहरु बालुवाटार पुगेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार