Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • च्याम्पियन्स लिग: युनाइटेडलाई अवे गोलको फाइदा, रोकियो एट्लेटिको


    बिहिबार, फाल्गुन १२ २०७८
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । युइएफए च्याम्पियन्स लिगको पहिलो लेगमा  एट्लेटिको मड्रिड र म्यानचेस्टर युनाइटेडले १-१ अन्तरको बराबरी खेलेका छन् । स्पेनिस ला लिगा क्लब एट्लेटिकोको घरमा भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर एक गोलले पछि परेको स्थितिमा बराबरी गर्न सफल भएको हो । 

    सातौ मिनेटमा जोआओ फेलिक्सको गोलबाट घरेलु टोलीले  अग्रता लियो ।  खेलको ८०औं मिनेटमा एन्थोनी इलांगाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । 

    बराबरीसँगै दुवै टोलीको च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्ने सम्भावना जीवित छ । दोस्रो लेग १५ मार्चमा युनाइटेडको मैदानमा हुनेछ ।

    राति नै भएको अर्को खेलमा पोर्चुगिज क्लब बेन्फिका र डच क्लब आयाक्सले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार