Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • एमसीसी विवादले संसद भवन काँडेतारले घेरियो, वरपरको सुरक्षा व्यवस्था कडा


    बुधबार, फाल्गुन ११ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे बिहीबारबाट संसदमा छलफल सुरु हुने भएपछि नयाँ बानेश्वर वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

     सम्भावित आन्दोलनलाई मध्यनजर गर्दै सरकारले संसद भवन नयाँ बानेश्वर वरपरको सुरक्षा व्यवस्था कडा पारेको हो । आन्दोलनका कारण क्षति हुन नदिन संसद भवन नयाँ बानेश्वर काँडेतारले बेरिएको छ ।

    एमसीसी संसदमा टेबल भएपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनमोर्चालगायतका भ्रातृसंगठन आन्दोलनमा उत्रिएका छन् ।
    उनीहरुले बिहीबारबाट आन्दोलन अझै चर्काउने घोषणा गरेका छन् । यस्तै नेत्र विक्रम चन्द नेतृत्वको नेकपासहित ६ वटा दलले पनि आन्दोलन गर्दै आएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार