Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • देशको विश्वसनीयता जोगाउनका लागि लोसपा एमसीसीको पक्षमा उभिन्छ- सांसद चौधरी


    बुधबार, फाल्गुन ११ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं ।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अमेरिकी सहयोग परियोजना एमसीसीका पक्षमा मतदान गर्ने भएको छ ।

    बुधबार बसेको लोसपा संसदीय दलको बैठकले एमसीसीका पक्षमा मतदान गर्ने निर्णय गरेको हाे ।

    ‘एमसीसी सरकारले गरेको सम्झौता हो । यसबाट पछाडि हट्दा देशको विश्वसनीयतामाथि प्रश्न उठ्छ’, सांसद चन्दा चौधरीले भनिन्,‘पहिला नै सम्झौता नगरेको भए एउटा कुरा हुन्थ्यो । सम्झौता गरिसकेपछि त्यसलाई असफल पार्नु हुँदैन भन्ने लोसपाको स्पष्ट धारणा छ।’

    बिहिबारको बैठकमा सबै सांसदहरूलाई उपस्थित हुन लोसपाले निर्देशनसमेत दिएको छ। प्रतिनिधि सभामा लोसपाका १३ सांसद छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार