Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमसीसी पास गर्ने सरकारको कसरत, प्रचण्डलाई भेट्न गृहमन्त्री खाँण खुमलटारमा


    बुधबार, फाल्गुन ११ २०७८
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ । 

    बुधबार बिहान गृहमन्त्री खाँण प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् ।

    भोलि बस्ने प्रतिनिधि सभा बैठकबाट एमसीसीलाई पारित गर्ने गृहकार्यमा सरकार जुटिरहेको बेला कांग्रेस नेतासमेत रहेका मन्त्री खाँण र प्रचण्डबीच भएकाे भेटमा एमससीसी परियोजना लगायतका विषयमा छलफल भएको मन्त्री खाँण निकट स्रोतले बतायो ।

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी जस्ताको तस्तै संसदबाट पारित नहुने बताउँदै आएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार