Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालुवाटार बैठक सकियो, एमाले नेताहरु बाहिरए


    मंगलबार, फाल्गुन १० २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका लागि बालुवाटार पुगेका प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरु बाहिरिएका छन् । 

    मंगलबार साँझ बालुवाटार पुगेका एमाले अध्यक्ष ओलीसहितका नेताहरु करिब २ घण्टाको बसाइपछि बाहिरिएका हुन् । 

    अध्यक्ष ओलीसँगै एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल वार्तामा सहभागी थिए ।

    नेताहरुबीच एमसीसी सम्झौता र सत्ता साझेदारिता लगायतको विषयमा छलफल भएको जनाइएको छ । तर नेताहरुले भने केही प्रतिक्रिया दिएका छैनन् । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार