काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवासंघ नेपालले एमसीसी विरुद्ध देशभरी प्रदर्शन गरिरहेको छ । युवासंघ नेपाल मातहतका विभिन्न बिभागहरु, प्रदेश कमिटीहरु र जिल्ला कमिटीहरुको आयोजनामा संघर्षका कार्यक्रमहरु भइरहेका छन् ।
सांसदमा एमसीसी टेबल गरेको र पास गर्ने षड्यन्त्र देखिएको हुँदा देशभक्त प्रगतिशील युवाहरुले आन्दोलन गरिरहेको र भोलि ११ गते २.०० बजे नयाँबानेश्वरमा साङ्केतिक जुलुस स्वरुप ‘सडक दोहोरी’ गर्ने युवा संघको संस्कृति तथा समाबेशी बिभागको आयोजनामा हुने बिभाग प्रमुख बबिता पाण्डेले बताइन् ।
युवासंघ नेपालले एमसीसी विरुद्ध देशव्यापी आन्दोलन गरिरहेको साथै एमसीसी दान नभई ऋण रहेको, प्रायः विदेशी सहयोग नेपाली जनताको हित विपरीत रहेको बताउँदै एमसीसी नेपालको कानुन र संबिधान भन्दा माथि हुनेगरी सम्झैता हुनलाग्दा आफूहरु चुप लागेर बस्न नसक्ने संघका संघका सचिव तथा कार्यलय प्रमुख नरेश गिरीले बताए ।
कार्यक्रममा प्रस्तुति दिने राष्ट्रिय कलाकारहरु नवीन पौडेल, संजय डिम्पल, निशा खड्का, कृष्ण आँशु, मुना सिग्देल लगायत छन् ।