Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पुटिनको घोषणापछि अमेरिकी कूटनीतिज्ञलाई युक्रेनबाट पोल्यान्ड पठाइयो


    मंगलबार, फाल्गुन १० २०७८
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनको विखन्डनकारीले नियन्त्रणमा लिएको क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि अमेरिकाले युक्रेनमा बाँकी रहेका कूटनीतिज्ञलाई पोल्यान्ड पठाएको छ । सुरक्षाको कारण दर्शाउँदै अमेरिकाले आफ्ना कूटनीतिज्ञलाई पोल्यान्ड पठाएको हो ।

    पुटिनको घोषणापछि आफ्ना कूटनीतिज्ञलाई पोल्यान्ड पठाएको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले पुष्टि गरेका छन् । कर्मचारीहरूलाई पहिले नै युक्रेनको राजधानी किभबाट पश्चिमी सहर ल्भिभमा सारिएको  उनले बताए । उनीहरुले युक्रेनमा निरन्तर काम गर्ने र आपतकालीन सेवा प्रदान गर्ने ब्लिनकेनले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार