Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बैतडीमा ट्रिपर दुर्घटना हुँदा पाँच विद्यार्थीको मृत्यु


    सोमबार, फाल्गुन ९ २०७८
    570
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बैतडी । बैतडीमा ट्रिपर दुर्घटना हुँदा पाँच जना विद्यार्थीको मृत्यु भएको छ । मृतकको परिचय खुल्न सकेको छैन । पाटन नगरपालिका-३ स्थित झालीमाली भिरबाट ट्रिपर खस्दा ट्रिपरमा सवार विद्यार्थीको मृत्यु भएको हो ।

    उक्त ट्रिपरमा सिगास माविका विद्यार्थीहरु रहेको बुझिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ भने अहिले प्रहरी घटनास्थल तर्फ गइरहेको छ । 

    दुर्घटनामा पाँच विद्यार्थीको मृत्यु भएको सुन्नमा आएको पाटन नगरपालिकाका उपप्रमुख सरस्वती कोलीले बताइन् । अहिले आफू घटनास्थलतर्फ गइरहेको उनले बताइन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार