खोटाङ । एमाले निकट अनेरास्ववियु खोटाङले स्ववियु निर्वाचनको नमुना मतदान गरेको छ । लामो समयदेखि हुन नसकेको स्ववियुको निर्वाचनका विषयमा विद्यार्थीको मत सर्वेक्षणका लागि अनेरास्ववियुले दिक्तेल बहुमुखी क्याम्पसमा सोमबार नमुना मतदान गरेको हो । नमूना मतदानमा २७८ मत खस्दा २१८ मत स्ववियु निर्वाचनको पक्षमा खसेको छ । यस्तै, स्ववियु निर्वाचनको विपक्षमा ४७ मत खसेको छ । १३ मत बदर भएको अनेरास्ववियु खोटाङका अध्यक्ष मोहन संग्रामले बताए ।
हरेक त्रिभुवन विश्व विद्यालयमा तत्काल स्ववियु निर्वाचन गर्नुपर्ने पक्षमा दबाब सिर्जना गर्नका लागि अनेरास्ववियुले नमुना मतदान गरेको हो । लामो समयदेखि त्रिवि र मातहतका क्याम्पसमा स्ववियु रिक्त हुँदा क्याम्पसमा स्वेच्छाचारिता बढेको, विद्यार्थी र क्याम्पसबीच पुलको काम गर्ने संयन्त्रको अभावमा विद्यार्थीले समस्या झेल्नु परेकाले तत्काल स्ववियु निर्वाचन हुनुपर्ने अनेरास्ववियुका अध्यक्ष संग्रामले बताए ।
‘लामो समयदेखि स्ववियुको निर्वाचन हुन सकेको छैन । स्ववियु निर्वाचन नहुँदा क्याम्पस स्वेच्छाचारी बन्दै गएको छ । विद्यार्थी र क्याम्पसबीच पुलको अभाव छ । विद्यार्थीले थुप्रै अप्ठ्यारा खेप्नु परिरहेको छ । कतिपय विद्यार्थीलाई स्ववियुकाबारेमा जानकारी नै छैन,’ अध्यक्ष संग्रामले भने, ‘स्ववियु निर्वाचन नभएका कारण ग्रामीण भेगका कति विद्यार्थीले अप्ठ्यारो खेपिरहेका रहेछन् ? कति विद्यार्थीले स्ववियु निर्वाचन चाहन्छन् भन्ने तथ्यांक निकालेर त्रिवि र अन्य निकायमा पठाउन मत सर्वेक्षण गरिएको हो ।’
बालिग मताधिकार प्राप्त विद्यार्थीलाई आसन्न स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचन तथा स्ववियु निर्वाचनमा मत हाल्ने अभ्यासका रुपमा समेत नमुना मतदान आयोजना गरिएको अनेरास्ववियुले जनाएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend