Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले केन्द्रीय विभाग प्रमुखहरूको बैठक: समन्वयात्मक रूपमा काम अघि बढाउने निर्णय


    सोमबार, फाल्गुन ९ २०७८
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । एमाले केन्द्रीय विभागका प्रमुखहरूको बैठक सम्पन्न भएको छ । सोमबार बसेको बैठकमा ३३ वटा केन्द्रीय विभागमध्ये २२ विभाग प्रमुखहरूको उपस्थिति रहेृको एमालेले जनाएको छ ।

    एमाले महासचिव शंकर पोखरेलले पार्टीलाई नीतिगत रूपमा सुझाव दिन र आ–आफ्नो क्षेत्रका काम अघि बढाउन विभागीय प्रमुखहरूलाई निर्देशन दिए।

    बैठकमा उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराईका साथै विभागका प्रमुखहरूले पार्टी कामका सन्दर्भमा धारणा राखेको एमालेले जनाएको छ । विभागहरूलाई छिट्टै पूर्णता दिने, कार्ययोजना बनाउने, आफ्नो क्षेत्रको काम अघि बढाउने र समन्वयात्मक रूपमा काम अघि बढाउने निर्णय भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार