Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लमजुङका उच्चपहाडी भेगमा बाक्लो हिमपात, चिसोले जनजीवन प्रभावित


    सोमबार, फाल्गुन ९ २०७८
    480
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • लमजुङ। मौसममा बदली आएसँगै लमजुङका उच्चपहाडी भेगमा बाक्लो हिमपातसहित वर्षा भएको छ । हिमपातले लमजुङका डाँडाकाँडा हिउँले ढाकेर सेताम्मे भएका छन् । 
    आइतबार दिउँसोदेखि लमजुङको उच्चपहाडी भेगमा हिमपात भएको हो । लमजुङको क्व्होलासोंथर गाउँपालिका-३ मा रहेको स्मार्टभिलेज घलेगाउँमा आइतबार दिउँसोबाट भारी हिमपात भएको छ ।

    पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका सचिव उमलबहादुर विकका अनुसार हिउँले घलेगाउँका डाँडाकाँडा सेताम्मे भएका छन् । समुद्री सतहदेखि २२ सय मिटर उचाइमा रहेको मस्र्याङ्दी गाउँपालिकाको घनपोखरामा पनि हिमपात भएको छ । स्थानीय सुलबहादुर गुरुङका अनुसार घनपोखरामा हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ ।

    मस्र्याङ्दी गाउँपालिका-३ को पर्यटकीय गाउँ सिउरुङमा पनि हिमपात भएको छ । यस्तै लमजुङको बेंसीसहर नगरपालिका–१० कल्मेडाँडास्थित पर्यटकीय ठाउँ पिसहिल स्टेसनमा पनि बाक्लो हिमपात भएको छ । पिसहिलका व्यवस्थापक होमलाल तामाङले समुद्री सतहबाट १९६५ मिटर उचाइमा रहेको कल्मेडाँडामा आइतबार दिउँसोदेखि हिमपात भएको बताए ।

    घलेगाउँ, पिसहिलसहित मस्र्याङ्दी गाउँपालिकाको हर्सिङडाँडा, सिउरुङ, कालाघिरिङ र त्यसमाथिका लेकसमेत हिउँले ढाकेको छ । यस्तै पूर्वीभेगका दूधपोखरी, बराहपोखरी, मेमेपोखरीलगायतका उच्चपहाडी भेगमा समेत आइतबार दिउँसोदेखि हिमपात भएको छ । बाँझाखेतको खाँचे र गाउँभाचोकको बस्तीनजिकैको डाँडामा पनि बाक्लो हिमपात भएको छ । पूर्वी भेगका इलमपोखरी, विचौर र  दूधपोखरी गाउँको उच्चपहाडी चुचुरोहरूमा समेत हिउँ परेको छ ।  न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार