Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आजदेखि ललितपुर महानगरमा बुस्टर डोज खोप दिइँदै


    सोमबार, फाल्गुन ९ २०७८
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ललितपुर । ललितपुर महानगरपालिकाले आजदेखि आफ्ना सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको  बुस्टर डोज खोप दिने भएको छ ।ललितपुर महानगरका २९ वटै वडामा आज ९ गते र भोलि १० गते बुस्टर डोज खोप लगाइने ललितपुर महानगरपालिकाले जनाएको छ ।

    महानगरपालिकाद्वारा जारी सूचनाअनुसार बुस्टर खोप १८ वर्षभन्दा माथिका दोस्रो मात्रा लगाएको ६ महिना पुगेका व्यक्तिलाई दिइने जनाइएको छ ।

    खोप कार्यक्रम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ । खोप लगाउन सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न महानगरपालिकाले आग्रह गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार