Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आजको मौसम: यी प्रदेशमा भइरहेकोछ वर्षा


    सोमबार, फाल्गुन ९ २०७८
    530
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । अहिले देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । उक्त न्यूनचापीय मौसमी प्रणालीको प्रभावले बदली गराउनुका साथै देशका कतिपय भेगमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    हाल देशको उच्च पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था छ साथै तराईमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

    आज दिउँसो ताप्लेजुङ, ओखलढुङ्गा, पोखरालगायत स्थानमा वर्षा भएको छ । पोखरामा असिनापानीसहित वर्षा भएको छ । पोखरामा सबैभन्दा बढी १९ मिलिमिटर वर्षा भएको छ । वर्षाले पोखराको हवाई उडान पनि प्रभावित बनेको छ ।

    काठमाडौँ उपत्यकामा आकास गड्याङगुडुङसहित पूर्ण बदली छ । बदली र वर्षाले बढी चिसो महसुस गरिएको छ ।

    महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै बिहान र बेलुकीको समयमा चिसो रहने हुनाले चिसोबाट बच्न र देशको पहाडी भेगका केही स्थानमा स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    आज राति पनि देशको उच्च पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । देशको पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार