Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माधव नेपालले भने कुनै शक्ति राष्ट्रको पक्षमा उभिन्नौं


    शनिबार, फाल्गुन ७ २०७८
    695
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कुनै शक्ति राष्ट्रको पक्षमा नउभिने बताएका छन् । नेपालले असंलग्न परराष्ट्र नीतिमा आँच आउने कुनै पनि काम गर्न नदिइने बताएका छन् । 

    आज शनिबार नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालय  बानेश्वरमा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष नेपालले अमेरिकी सहयोग परियोजना एमसीसीबारे अमेरिका र चीनको अभिव्यक्ति गम्भीर रहेको बताए ।

    एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने विषयमा नेपालका राजनीतिक दलहरुबीच  विवाद बढ्दै गएका बेला अमेरिका र चीन दुबैले प्रतिक्रिया सार्वजनिक गरेका छन् । अमेरिकाले गत हप्ता नेपालमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेतालाई टेलिफोन गरी एमसीसी अनुमोदन गर्न दबाब दिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार