इलाम।इलामका तीन स्थानीय तहले गरेको वडा विभाजनको प्रस्ताव कार्यान्वयन नहुने भएको छ । स्थानीय तहले गरेको वडा विभाजनको प्रस्तावमा कुनै निर्णय नगरी स्थानीय तहको निर्वाचनको मिति घोषणा भएकाले स्थानीय तहको प्रस्ताव कार्यान्वयन नहुने भएका हुन् । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको घोषणा गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन अनुसार स्थानीय तहको निर्वाचन हुनुभन्दा एक वर्ष पहिलेनै वडा विभाजनको निर्णय भइसक्नुपर्ने थियो । संघीय सरकारले स्थानीय तहले गरेको वडा विभाजन सम्बन्धी प्रस्तावमा टुङ्गो नलगाई चुनाव घोषणा गरेपछि वडा विभाजनसम्बन्धी प्रस्ताव अलपत्र परेका हुन् ।
इलामको इलाम नगरपालिका, सूर्योदय नगरपालिका र माङसेबुङ्ग गाउँपालिकाले पालिकाको सभाबाट वडा विभाजन गर्ने प्रस्ताव गरेका थिए । पालिकाको सभाबाट पारित प्रस्ताव प्रदेश सरकार हुँदै संघीय सरकारसम्म पुग्छ । पालिकाको सभाबाट दुई तिहाई मतले पारित प्रस्ताव प्राप्त भएको छ महिना भित्रमा संघीय सरकारले निर्णय गर्नुपर्ने कानुनी प्रावधान छ । तर, पालिकाले प्रस्ताव पठाएको वर्षौसम्म कुनै निर्णय नगरी चुनाव घोषणा भएपछि वडा विभाजनको निर्णय चुनाव अघि नहुने निश्चित छ ।
चुनावपछि वडा विभाजनको निर्णय भएपनि त्यसको अर्को चुनावबाट मात्रै त्यसको कार्यान्वयन हुने छ । तर, आउँदो स्थानीय तहको निर्वाचन पछि पालिकाहरूमा अर्को सभा गठन हुने छ । वडा विभाजन गर्नुपर्ने भए अर्को सभाले फेरी निर्णय गरेर पठाएपछि संघीय सरकारले निर्णय गर्नुपर्ने इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए । ‘सरकारले अहिले वडा विभाजन नगरी चुनाव गर्ने भन्यो’,उनले भने,‘अब वडा विभाजन गर्नुपर्ने भए अब बन्ने चुनावबाट गठन भएको सभाले फेरी निर्णय गरेर पठाउनुपर्ने हुन्छ ।’
इलाम नगरपालिकाले करिब दुई वर्ष अघिनै प्रक्रिया पुरा गरेर वडा विभाजनको प्रस्ताव एक नम्बर प्रदेश सरकारमा पठाएको थियो । प्रदेश सरकारले पनि वडा विभाजनको लागि संघीय सरकारलाई पठाएको थियो । तर, संघीय सरकारले वडा विभाजन सम्बन्धी निर्णय नगरी चुनाव घोषणा गरेको हो । ठुलो भूगोल र जनसंख्या भएका कारण सेवा प्रवाहमा कठिनाइ देखिएका वडालाई पालिकाहरूले विभाजन गर्ने प्रस्ताव गरेका थिए । इलाम नगरपालिकाले नवौँ नगर सभाबाट वडा नं. ९ लाई विभाजन गर्ने प्रस्ताव पारित गरेको थियो । साबिकको इलाम नगरपालिकाको ३, ४ र ५ नम्बर मिलाएर बनाइएको वडा नम्बर ९ लाई विभाजन गर्ने नगरपालिकाको प्रस्ताव छ । साबिकको वडा नम्बर ३ लाई विभाजन गर्ने, त्यसमा साबिकको ४ नम्बर वडाको क्षेत्रफल मिसाएर एउटा वडा बनाउने र साबिकको ४ नम्बर वडाको भूगोलमा बाँकी रहेको ३ को भाग मिलाएर अर्को वडा कायम गर्ने प्रस्ताव नगर सभाबाट पारित भएको थियो । नगरपालिकाले विभाजनको लागि प्रस्ताव गरेको वडाको जनसंख्या, मतदाता नामावली, वडाको केन्द्र र दुई वडा बिचको प्राकृतिक सीमा समेत यकिन गरिएको थियो ।
सूर्योदय नगरपालिकाले वडा नम्बर १ गोर्खेलाई विभाजन गर्न प्रस्ताव गरेको थियो । साबिक गोर्खे गाविसको वडा नम्बर ४ को भूगोल निकै ठुलो भएकाले सोही वडालाई विभाजन गरेर अर्को वडा कायम गर्ने नगरपालिकाको सिफारिस थियो । माङसेबुङ्ग गाउँपालिको वडा नम्बर ३ लाई विभाजन गरेर दुई वटा वडा बनाउने प्रस्ताव गरेको थियो । न्युज कारखाना
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले शनिबार...
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend