Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • झाँक्रीलाई मन्त्री पद बोकाको मुखमा कुभिन्डो, नेकपा समाजवादीभित्रै चर्को बिरोध, पदबाट हटाउन माग


    शनिबार, फाल्गुन ७ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का तर्फबाट सहरी विकास मन्त्री भएकी रामकुमारी झाँक्रीले एमसीसीको समर्थन गरेपछि उनकै पार्टीभित्र उनको चर्काे आलोचना हुन थालेको छ ।

    नेकपा समाजवादीले एमसीसी जस्ताको तस्तै पारित नहुने भन्दैआएको छ । तर मन्त्री झाँक्रीले भने प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गर्ने पक्षमा भएकाले आफू त्यसकै पक्षमा रहेको अभिब्यक्ति दिएकी थिइन् ।

    मन्त्री झाँक्रीले शुक्रबार एमसीसीको पक्षमा रहेको धारणा ब्यक्त गरेपछि नेकपा समाजवादीभित्रै उनको बिरोध सुरु भएको छ ।

    झाँक्रीलाई अनेरास्ववियुमा हुँदादेखिका साथ र सहयोग गर्दैआएका नेकपा समाजवादीका केन्द्रीय सदस्य उमेश शर्माले झाँक्रीलाई मन्त्री पद बोकाको मुखमा कुभिन्डो भएको भन्दै सामाजिक संजालमा बिरोध गरेका छन् । उनले झाँक्रीलाई मन्त्री पदबाट मात्रै होइन, पार्टीको साधारण सदस्यबाटै निस्कासन गर्न माग गरेका छन् । 

    शर्माले लेखेका छन्–‘झाँक्रीलाई मन्त्री पद बोकाको  मुखमा  कुभिन्डो भयो । मन्त्री पदबाट मात्रै होइन, पार्टीको साधरण  सदस्यबाट समेत निष्कासन गर्नुपर्छ ।’

    Screenshot (8).png
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार