Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमसीसी राष्ट्रभन्दा माथि हुन सक्दैन : मन्त्री पासाङ


    शनिबार, फाल्गुन ७ २०७८
    560
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • खोटाङ।   प्रदेश १ का खानेपानी, सिँचाई तथा उर्जा मन्त्री रामकुमार राई (पासाङ)ले मन्त्री राईले एमसीसी राष्ट्रभन्दा माथि हुन नसक्ने बताएका छन् । प्रेस सेन्टर नेपाल खोटाङले शुक्रबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री राईले राष्ट्र बच्यो भने मात्र सबथोक बच्ने भएकाले एमसीसी राष्ट्रभन्दा माथि हुन नसक्ने धारणा राखेका हुन् । 

        मन्त्री राईले एमसीसी सम्झौताको विषय टुंग्याउन राष्ट्रिय सहमतीको आवश्यकता औंल्याएका छन् । ‘एमसीसी त्यत्ती सजिलै अगाडि बढ्छ जस्तो लाग्दैन, यसले राष्ट्रिय सहमती खोज्छ, संशोधन गर्नुपर्ने बुँदामा पुग्नु पर्छ । राष्ट्र बचाउनु छ, राष्ट्र बच्यो भने त पार्टी बच्छ, राष्ट्र छैन भने पार्टी कहाँ रहन्छ, राष्ट्र छैन भने हामी जनता कहाँ रहन्छौं ?,’ मन्त्री राईले भने, ‘राष्ट्र जोगाउनका लागि वहस छलफल भइरहेको छ, दृष्टिकोणहरु केही बाझिएको होला, आँखा चिम गरेर पास गर्नुपर्छ भन्ने पनि होईन । यसको समाधान राजनैतिक दले निकाल्छ र निकाल्नु पर्छ । राष्ट्रिय सहमती गरेरै जान पर्छ ।’ 

        नवनिर्वाचित मन्त्री राईले वर्तमान सत्ता गठबन्धन सजिलै नटुट्ने दावी गरेका छन् । राष्ट्रिय स्वाधिनता र संविधान बचाउनलाई एकठाउँमा जुटेको गठबन्धन यती सजिलै टुट्न नसक्ने मन्त्री राईको दावी थियो । उनले वर्तमान गठबन्धनमाथि राष्ट्रियदेखि अन्र्तराष्ट्रिय शक्ति केन्द्रको गिद्धे नजर परिरहेको बताएका छन् । ‘हामी गठबन्धनलाई बचाउनु पर्छ भन्नेमैं छौँ । हामी अग्रगामी पार्टी राष्ट्रिय स्वाधिनता र संविधान बचाउनलाई जुटेका हौं,’ मन्त्री राईले भने, ‘यो सायद यती छिटै टुट्छ जस्तो लाग्दैन । टुट्यो भने राजनीतिक रुपमा नियोजित ढंगले टुट्न सक्छ । अन्तर्राष्ट्रिय शक्ती केन्द्रहरुको पनि गिद्धे नजर छ ।’ 

        मन्त्री राईले तत्कालिन नेकपा छँदा एमसीसीलाई अध्ययन गरेर संशोधन बिना पास गर्न नसकिने धारणा बनेको चर्चा गरेका छन् । उनले प्रदेशको नामाकरण चाँडै टुंग्याउन पहल भइरहेको जानकारी दिए । न्यूज कारखाना

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार