काठमाडौं । सत्तारुढ गठबन्धनमा सहमति नजुट्दा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) शुक्रबार प्रतिनिधिसभा बैठकमा पेस हुन सकेन । सरकारले संसद बैठकमा पेस गर्ने तयारी गरे पनि गठबन्धनमा आवद्ध दलबीच सहमति जुट्न नसक्दा सरकार पछि हटेको छ ।
रकारको नेतृत्व गरिरहेको गठबन्धनको प्रमुख दल कांग्रेस एमसीसी संसद बैठकमा पेस गर्ने पक्षमा भए पनि अन्य दलको साथ पाउन सकेको छैन ।
गठबन्धनको जोगाउँदै एमसीसी पनि संसदमा पेस गर्ने तयारी कांग्रेसको छ । जस कारण कांग्रेसले गठबन्धन बैठकलाई निरन्तरता दिएको छ ।
कांग्रेस गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको कांग्रेस नेता अर्जुननरसिंह केसीले बताए । उनले गठबन्धनकै समर्थनमा एमसीसी सम्झौता प्रस्ताव अनुमोदन हुनुपर्ने र गठबन्धन पनि कायमै रहनुपर्ने बताए । ‘जुन प्रतिबद्धताको साथ चुनावसम्मै कायम रहनेगरी गठबन्धन बनेको हो, त्यो प्रतिबद्धता पूरा गर्नुपर्छ । जनतालाई धोका दिन पाइँदैन,’ नेता केसीले न्युज कारखानासँग भने ।
गठबन्धनआवद्ध दलबीच सहमति नभए एमालेसँग कांग्रेसले सहकार्य गर्न सक्ने आशय उनको छ । एमालेसँग सहकार्य हुन सक्ने संकेत गर्दै नेता केसीले भने, ‘राजनीति परिर्वतन र सम्भावनाको खेल हो । अन्य दलसँग पनि सहकार्य नहोला भन्न सकिँदैन । तर, त्योभन्दा पहिला गठबन्धन एउटा निर्णयमा पुग्नुपर्छ ।’
गत मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको बैठकले बुधबार बस्ने संसद बैठकमा एमसीसी टेबुल गर्ने निर्णय गरेको थियो । तर, गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (एस)ले साथ नदिँदा पुनर्विचारको लागि भन्दै कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पछि हटेका थिए । त्यसपछि लगातार दुई दिन बसेको सत्तारुढ गठबन्धनको बैठकले निचोड निकाल्न सकेको छैन । गठबन्धनको बैठक फेरि आइतबार बस्दै छ ।
एमसीसीको मुद्दा चरमोत्कर्षमा पुगेसँगै राजनीति गिजोलिएको छ । राजनीतिक विश्लेषकहरुले सत्ता गठबन्धन फुट्नेदेखि सरकार ढल्नेसम्मको भविष्यवाणी गर्न थालेका छन् । तर, गठबन्धन विघटन र सरकार ढले पनि कांग्रेसले एमसीसी सदनमा पेस गर्न डराउन नहुने राजनीतिक विश्लेषक लोकराज बराल सुझाव दिन्छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend