Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • एकाबिहानै ठमेल पुगेर प्रकाशमानलाई भेटे प्रधानमन्त्री देउवाले, कांग्रेसका नेताहरु जन्ती जाँदै


    शुक्रबार, फाल्गुन ६ २०७८
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बिहानै कांग्रेस नेता प्रकाशमान सिंहलाई भेट्न ठमेलस्थित उनको निवासमा पुगेका छन् ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार आज प्रकाशमानको कान्छो छोरा भाष्करमानको बिहे हुन लागेकाले कांग्रेस सभापति समेत रहेका देउवा सिंहको परिवारलाई भेट्न ठमेल पुगेका हुन् ।

    बिहेको बधाई दिन देउवा प्रकाशमान सिंहको निवासमा गएको र त्यहाँबाट फर्किसकेको सचिवालयले जनाएको छ । यता प्रकाशमानको सचिवालयले पनि भेट विशुद्ध पारिवारीक भएको जनाएको छ ।  

    प्रकाशमानको छोरा भाष्करमानको बिहे राणाकी छोरीसँग हयात होटलमा हुने बताइएको छ । अहिले जन्तीमा सहभागी हुन कांग्रेसका अन्य नेताहरु सिंह निवासमा भेला भइरहेका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार