Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • प्रधानमन्त्री देउवा र ओलीको छलफल सकियो, एमाले नेताहरुलाई बालकोटमा बोलाइयो


    बिहिबार, फाल्गुन ५ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ । एमसीसी पास गर्नका लागि सत्ता गठबन्धन दलहरुबीच सहमति नजुटेपछि शुक्रबार बेलुका पत्नी डा. आरजु राणासमेतलाई लिएर  देउवाओली निवास बालकोट पुगेका थिए ।

     प्रधानमन्त्रीसँगको भेटवार्ता सकिएपछि एमाले अध्यक्ष ओलीले पार्टीका नेताहरुलाई अहिले बालकोटमा बोलाएका छन् । एमाले नेताहरु धमाधम बालकोटमा जम्मा हुन थालेका छन् ।

    ओलीले प्रधानमन्त्री देउवासँँगको वार्तापछि नेताहरुलाई बोलाएकाले एमसीसीमा सहमति जुटेको अनुमान गरिएको छ । सत्ता गठबन्धनबाट माओवादी र समाजवादीलाई अलग गरेमा एमालेले एमसीसी पारित गर्ने कुरा ओलीले भन्दैआएका छन् ।

    एमसीसी पास गरेमा सत्ताबाट बाहिरिने माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताइसकेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार