Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • प्रचण्ड भन्छन्- हाम्रो जोड गठबन्धन बचाउँदै एमसीसीलाई कसरी निकास दिने भन्नेमा छ


    बिहिबार, फाल्गुन ५ २०७८
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुको जोड गठबन्धन बचाउनेमा भएको बताएका छन् ।

    माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच सिंहदरबारमा भएको  छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले गठबन्धन बचाउने तिर लाग्ने बताएका हुन् ।

    प्रचण्डले छलफलमा एमसीसीलाई कसरी निकास दिने भनेर चर्चा भएको बताए ।

    तीन दलबीच साझा धारणा बन्यो भन्ने प्रश्नमा उनले भने, ‘हामी तीन दललाई एक मत बनाउने भनेर लागेकै छैनौं । पाँच दललाई कसरी बचाउने र एमसीसीलाई कसरी निकास दिने भन्ने छ ।’

    बिहीबार साँझ बस्ने पाँच दलको बैठकले एउटा निकास निकाल्ने उनले बताए । प्रचण्डले भने, ‘हाम्रो जोड सकेसम्म यो गठबन्धन बचाउनेमा छ ।’

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार