Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • वाह्य शक्तिको भक्तिगर्ने कांग्रेसको चरित्र एमसीसीमा फेरिएन: रावल


    मंगलबार, फाल्गुन ३ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौ । नेकपा एमालेका नेता भीम रावलले नेपाली कांग्रेसले एमसीसी पास गर्ने निर्णय गरेर वाह्य शक्तिको भक्ति गरेको आरोप लगाएका छन् । 

    नेपाली कांग्रेसको संसदी दल र कार्यसम्पादन समितिको बैठकले एमसीसी अनुमोदन गर्ने निर्णय गरेको भन्दै रावलले सामाजिक सञ्जालबाट यसअघिका धेरैवटा सम्झौतामा वाह्य शक्तिको भक्ति गरेको कांग्रेसको चरित्र नफेरिएको उनको आरोप छ । 

    ‘२००७ साल यता धेरै राजनीतिक उथलपुथल भएका छन्। जनतामा निकै जागरण र चेतना बढेको छ।तर सत्तास्वार्थमा १९५० को असमान सन्धिको समर्थन,कोशी, गण्डकी, महाकाली र कर्णाली सम्झौतामा वाह्य शक्तिको भक्ति गरिएको नेकांको चरित्र नफेरिएको राष्ट्रघाती प्रावधानसहित एमसीसी अनुमोदन गर्ने निर्णयले देखायो’ रावलले भनेका छन् । 

    bhim.PNG-1.png
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार