Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • सभामुखलाई हत्या अभियोगबाट जोगाउन प्रधानन्यायाधीशविरुद्ध महाअभियोग : कमल थापा


    सोमबार, फाल्गुन २ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • ​​​​​​​काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हत्या अभियोगबाट सभामुखलाई जोगाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग लगाइएको आरोप लगाएका छन्। 

    थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानन्यायाधीशलाई हटाउनु पर्ने बेला चुपचाप बस्ने नेपाली काँग्रेस अहिले एमसीसी पास गर्ने स्वार्थ र हत्या अभियोग लागेका सभामुखलाई जोगाउन लागेको बताए।

    अध्यक्ष थापाले नेकपा एकिकृत समाजवादीको सांसद पद जोगाउनका लागि पनि प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव ल्याइएको बताएका छन् ।

    यस्तै, गठबन्धनले आफ्नो स्वार्थ अनुकुल हुनेगरी प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव ल्याउनु गैरजिम्मेवारी भएको थापाको भनाई छ ।

    थापाले लेखेका छन्, ‘प्रधानन्याधीशलाई हटाउनु पर्ने बेला चुपचाप बस्ने,अहिले एमसीसी पास गर्ने (कांग्रेस स्वार्थ), हत्या अभियोगबाट सभामुखलाई जोगाउने (माओवादी स्वार्थ) र नेकपा (एस) को सासंद पद जोगाउने प्रपंचमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव ल्याउनु गैरजिम्मेवारी र वर्तमान राजनीति भित्र रहेको विकृतिको नमुना हो ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार