Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • प्रचण्डसँग सातैप्रदेशका मुख्यमन्त्रीको भेटवार्ता


    आइतबार, चैत्र २ २०७६
    1.3K
    Shares
  • १ मिनेट पाठ
  • चैत ०२, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग सातैप्रदेशका मूख्यमन्त्रीहरुले भेटेका छन् । 

    प्रचण्ड निवास खुमलटारमा सातै प्रदेशका प्रमुखहरूले आइतबार बिहान ९ बजे भेटेका हुन्।

    प्रचण्डको सचिवालय स्रोतका अनुसारले उनीहरूले प्रदेशमा कर्मचारी र भवनको अभावबारे गुनासो गरेका बताएका छन्।

    उहाँहरू यहाँ आउनुभएको थियो, प्रदेशमा कर्मचारीको अभाव र भवन निर्माण लगायतका विषयमा अध्यक्षज्यूसँग छलफल गर्नु भयो’ सचिवालय स्रोतले भने, ‘पार्टी अध्यक्षले सरकारलाई प्रदेशका विषयमा दबाब दिनुपर्‍यो भनेर भेट्नुभएको हो।’

    स्रोतका अनुसार प्रदेश प्रमुखहरुले प्रचण्डलाई सुझावपत्र नै दिएका छन्।

    प्रदेश प्रमुखहरूले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट्ने कार्यक्रम छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार