Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाको प्रभाव : शान्ति मिसनमा समेत 


    आइतबार, चैत्र २ २०७६
    690
    Shares
  • १ मिनेट पाठ
  • चैत ०२, कोरोना भाइरसका कारण नेपाली सेना र नेपाल प्रहरीको यूएन शान्ति मिसन प्रभावित भएको छ । कोरोनाका कारण मिसनमा आउने टोलीलाई यूएनले नपठाउन आग्रह गरेपछि अन्तिम समयमा शान्ति सेनामा खटिने अधिकृत नेपालमै रोकिएसँगै शान्ति मिसन प्रभावित भएको हो ।

      संयुक्त राष्ट्रसंघको मिसनका लागि दक्षिण सुडान उड्ने तयारीमा रहेका ६९९ जना सैनिक अधिकारी रोकिएका छन् । दक्षिण सुडान नै जाने पालोमा रहेका नेपाल प्रहरीका १८ अधिकृत पनि रोकिएका छन् ।

    उड्ने तयारी भइरहेकै बेला संयुक्त राष्ट्र संघबाट कोरोनाका कारण देखाउँदै रोकिएको जानकारी आएको प्रवक्ता क्षेत्रीले जानकारी दिए । यसअघि मिसनमा रहेर फर्किने तयारीमा रहेका अधिकृत पनि उतै अड्किएका छन् ।

    सशस्त्र प्रहरीमा भने तत्काल ‘रोटेसन’ नभएकाले यूएन मिसनमा असर परेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार