Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मधेश प्रदेश सभामा रिक्त रहेका समितिहरुको सभापति चयन


    मंगलबार, माघ २५ २०७८
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम । मधेश प्रदेश सभामा लामो समदेखि रिक्त रहेका तीन वटा विषयगत समितिको सभापति चयन गरिएको छ ।

    मंगलबार भएको निर्वाचनमा सार्वजनिक लेखा समितिको सभापतिमा सत्तारूढ दलको तर्फबाट नेपाली कांग्रेसका नरेशकुमार यादव, कृषि तथा भूमि व्यवस्था समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका मदनसेन श्रीवास्तव र प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा नेकपा माओवादी केन्द्रका जगतप्रसाद यादव चयन भएका छन् ।

    लेखा समितिमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट प्रह्लाद गिरी गोश्वामीले उम्मेदवारी दर्ता गराएका थिए भने कृषि तथा भूमि व्यवस्था समितिमा नेकपा एमालेबाट जगतारण देवीले उम्मेदवारी दर्ता गराएकी थिइन् । तर ति समितिहरुमा सत्तारुढ गठबन्धनको दुई तिहाई बहुमत रहेकोले सत्तारुढ दलकै उम्मेदवारहरु समितिमा चयन भएका हुन् । 

    प्राकृतिक स्रोत तथा वातावरण समितिमा नेकपा माओवादी केन्द्रको तर्फबाट जगतप्रसाद यादवको एकल उम्मेदवारी पारेकोले उनी सोमबार नै निर्विरोध भएका थिए । न्युज कारखाना 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार