चितवन । चितवनमा मंसिरयता २७ हजार बढीले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय चितवनकाअनुसार १ मंसिर २०७८ देखि मंगलबारसम्म २७ हजार २०१ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।
उनीहरु १६ वर्ष उमेर माथिका मतदाता हुन् । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि मतदाता नामावली दर्ताको काम रोकिन्छ । त्यसपछि निर्वाचन कार्यालयले १८ वर्ष नाघेका मतदाताको नामावली अद्यावधिक गर्ने काम सुरु गर्ने छ ।
केपी ओलीको सरकारले संसद विघटन गरेर निर्वाचन घोषणा गरेपछि निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको थियो ।
५ पुस २०७७ सम्म जिल्लामा तीन लाख ६८ हजार ३८२ योग्य मतदाता थिए । त्यसपछि राजनीतिक उतारचढावका कारण २०७८ असारसम्म मतदाता नामावली संकलनको काम सुरु हुन सकेन ।
असारपछि मतदाता नामावली संकलन सुरु भएको हो । असार र मंसिरको बीचमा मतदाता नामावली संकलनको काम खासै भएन । निर्वाचन कार्यालयले १७ मंसिर देखि १८ पुससम्म मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गरेको हो ।
विशेष कार्यक्रमअन्तर्गत निर्वाचन कार्यालयले भरतपुरबाहेक छ वटा पालिकाको केन्द्रमा पुगेर मतदाता नामावली संकलनको काम गरेको जिल्ला निर्वाचन कार्यालय चितवनका जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीले बताए । विशेष कार्यक्रमबाट एक महिनामा १२ हजार ५२० जनाको मतदाता नामावली संकलन गरिएको हो ।
‘भरतपुरबासीले निर्वाचन कार्यालय र प्रशासन कार्यालयमै आएर मतदाता नामावलीमा नाम दर्ता गरे । बाँकी छ वटा पालिकाको केन्द्रमा हाम्रो टोली पुगेर त्यहाँ १५ दिन बसेर नामावली संकलनको काम गरेको हो’, उनले भने ।
त्यसअघि मंसिर १ गतेदेखि १७ गतेसम्म जिल्ला निर्वाचन कार्यालय र प्रशासन कार्यालयमा गरी ६६१ जनाको मात्रै मतदाता नामावली संकलन गरिएको थियो ।
योग्य मतदाता चार लाख पुग्ने अनुमान
१७ मंसिर देखि १८ माघसम्मको समयमा जिल्ला निर्वाचन कार्यालय, प्रशासन कार्यालय र इलाका प्रशासन माडीमार्फत १४ हजार २० जनाको मतदाता नामावली संकलन गरिएको उनले बताए ।
यससंगै जिल्लामा मतदाताको संख्या चार लाख पाँच हजार ७६२ पुगेको छ । त्यसलाई अद्यावधिक गर्दा १८ वर्ष नाघेका योग्य मतदाता करिब चार लाख हुने कार्की बताउँछन् ।
‘विशेष कार्यक्रम पछि जति पनि मतदाता थपिएका छन्, ती अद्यावधिक नभएका मतदाता संख्या हो । दोहोरो परेका र मृत्यु भइसकेका मतदाताको नाम हटाएर अद्यावधिक गरेपछि योग्य मतदाताको संख्या आउँछ । हाम्रो अनुमानमा चार लाख जति योग्य मतदाता होलान्’, उनले भने ।
११ सय आए, ३५० मतदाता गए
मतदाता नामावली संकलन विशेष कार्यक्रमका क्रममा चितवनमा बसाइसरी आउने मतदाताको संख्या पनि उल्लेख्य रहेको छ । निर्वाचन कार्यालयका अनुसार विभिन्न जिल्लाबाट ११ सय मतदाता बसाइसरी चितवन आएका छन् ।
चितवनबाट अन्यत्र बसाईसरी जाने मतदाताको संख्या ३५० जनाको हाराहारीमा रहेको उनले बताए ।
जिल्लाभित्रै एक पालिकाबाट अर्काे पालिकामा र पालिका भित्रै पनि एक वडाबाट अर्काे वडामा बसाइसर्ने मतदाताको विवरण पनि निर्वाचन कार्यालयले राखेको छ । जिल्ला भित्रै एक ठाउँबाट अर्काे ठाउँमा बसाईसर्ने मतदाताको संख्या करिब नौ सय रहेको उनी बताउँछन् ।
त्यसैगरी अन्यत्र जिल्लाका नागरिकले पनि चितवनबाट मतदाता नामावली दर्ता गराएका छन् । विभिन्न जिल्लाका एक हजार ४४३ जनाले चितवनबाट फोटोसहितको मतदाता नामावली दर्ता गराएका उनले बताए ।
‘निर्वाचन आयोगले यस वर्ष अन्य जिल्लाका मतदाताले पनि यहाँबाट मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था गरेअनुसार हामीले १४ सय ४३ जनाको दर्ता ग¥यौँ । यहाँ दर्ता गरेपनि उहाँहरुको मतदाता परिचय पत्र भने सम्बन्धित जिल्लामा पुग्छ’, उनले भने ।
यस्तो व्यवस्था अनुसार हुम्लाका २० भन्दा बढी मतदाताले चितवनबाट मतदाता नामावली दर्ता गराएका उनले जानकारी दिए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend