पोखरा । संघीय संरचनापछि देश तीन तहको सरकारबाट चलिरहेको छ । संघ सरकारले हैसियत र बजेटका आधारमा प्रदेश र स्थानीय तहमा योजना पठाइदियो । गण्डकी प्रदेशलाई संघले हस्तान्तरण गरेका योजना पूरा गर्न ५ अर्बभन्दा बढी लाग्छ । यही वर्ष कम्तीमा ३ अर्ब बजेट चाहिने गण्डकी सरकारले जनाएको छ ।
त्यसबाहेक सशर्तका योजना पूरा गर्न मात्रै ७० करोड आवश्यक छ । योजना मात्रै दिएर बजेट नदिँदा सबै योजनाहरू अलपत्र अवस्थामा रहेको भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्काले बताए । केही समयअघि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले २९ अर्ब ८० करोडका योजना संघ सरकारलाई बुझाएर फर्किए । त्यसमध्ये ११ अर्ब ४५ करोड चालू वर्षमै चाहिने उनको भनाई छ । तर, अहिलेसम्म पैसा पठाइदिएन । मुख्यमन्त्री पोखरेलको टोली पुनः काठमाडौं पुगेको छ ।
पूर्वाधार, खानेपानीसमेत गरी झन्नै १६ अर्बका बहुवर्षे योजना ठेक्कामा लगाएर अघिल्लो सरकार गएपछि यो सरकारलाई दायित्व बढेको पोखरेल बताउँछन् । बहुवर्षे योजनाको १६ अर्बमध्ये चालु आवका लागि ५ अर्ब मात्र विनियोजन भएको छ । रकम अभावकै कारण गण्डकीको वर्तमान सरकारले वर्षेनी कार्यान्वयन हुने योजना काटिएको छ ।
गत आर्थिक वर्षहरूमा काम सुरु भए पनि अपुरा रहेका योजनालाई यो वर्ष बजेट थप्न प्रदेशले संघको ध्यानाकर्षण गराएको छ । ५ सय १७ वटा त्यस्ता योजना अपुरा छन् । बजेट माग्नका लागि मुख्यमन्त्री पोखरेल, भौतिक मन्त्री खड्का, अर्थमन्त्री रामजी बराल र पर्यटनमन्त्री मणिभद्र शर्मा काठमाडौं गएका हुन् ।
उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालाई भेट्ने कार्यक्रम छ । आइतबार प्रधानमन्त्रीलाई भेटेर प्रदेशको अवस्थाबारे जानकारी गराएको मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले बताए । बजेट अभावले योजना अगाडि बढ्न नसकेको, प्रदेश गौरवका आयोजना सुरु गर्न जग्गा र बजेट नभएको लगायत समस्या प्रधानमन्त्रीलाई सुनाएका उनले बताए ।
‘प्रधानमन्त्रीले प्रदेशस्तरबाट धेरै बजेटको माग भए पनि संघसँग सीमितता रहेको बताउनुभयो । श्रोत हेरेर सकेजति बजेट दिने उहाँले आश्वासन दिनुभएको छ,’ कोइरालाले भने । मुख्यमन्त्री पोखरेलले नेपाल सरकारले प्रदान गर्ने बजेट नै प्रदेशको मुख्य श्रोत रहेको भन्दै संघको अनुदान र प्रदेशको केही राजश्वबाट दैनिक कामकाज र विकासको काम चलाइरहेको बताए । उनीहरूले प्रधानमन्त्रीलाई लिखित पत्र नै बुझाएका हुन् ।
‘आन्तरिक श्रोत अत्यन्त न्यून भएका कारण प्रदेशको विकास आवश्यकता पूरा गर्न कठिनाइ भएको छ । यसका अतिरिक्त कोभिड १९ को महामारीका कारण प्रदेशको आन्तरिक आयमा कमी हुनुका साथै संघीय सरकारबाट प्राप्त हुने अनुदानमा समेत कटौती हुन गएकोले कतिपय आयोजना श्रोत अभावका कारण सम्पन्न हुन सकेका छैनन्,’ पत्रमा भनिएको छ ।
टोलीले आइतबार नै मुख्य सचिव र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलसँग पनि भेटेका छन् । डीपीआर भैसकेका सडक र सडक पुल तथा खानेपानीका क्षेत्रमा पनि बजेट अभावले समस्या पारेको उनीहरूले बताएका थिए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend