Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वैशाखमै चुनाव भए पनि हामी डराउँदैनौं: माधव नेपाल


    शनिबार, माघ १५ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनको शक्तिसँग डराएका दक्षिणपन्थी शक्तिहरू  चुनावसँग डराएर भ्रम छर्न थालेका आरोप लगाएका छन्।

     आज शनिबार निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो लगाएका हुन्। ‘चुनाव वैशाखमै भए पनि हामी सामना गर्न तयार छौं,’ नेपालले भने, ‘जेठ वा असारमा गर्ने भए पनि सामना गर्न हामी तयार छौं ।’
    उनले आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने पनि दावी गरे । उनले प्रधानमन्त्री आफैंले पनि यो गठबन्धन कायम रहने बताइसकेकाले गठबन्धन टुट्छ कि भन्ने आशंका गर्नुपर्ने अवस्था नरहेको बताए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले विभिन्न जालझेल गरेर गठबन्धन टुटाउने प्रयास गरे पनि त्यो सफल नहुने स्पष्ट पारे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार