Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालुवाटारमा सत्ता गठबन्धनकाे बैठक जारी


    शनिबार, माघ १५ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं। पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ ।

    केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव लगायत नेता सहभागी छन् ।

    तर राष्ट्रिय जनमाेर्चाका प्रतिनिधि सहभागी छैनन् । 

    निर्वाचन आयाेगले वैशाखमै निर्वाचन गर्नेगरी मिति ताेक्न पटकपटक राय दिँदा पनि सत्ता गठबन्धनमान सहमति नजुट्दा घाेषणा हुन सकेकाे छैन ।

    पछिल्लाे पटक संविधानसँग बाझिएका कानुन संशाेधनकाे दाबी गरेकाे गठबन्धनकाे बैठक बसेकाे हाे ।

    सत्ता गठबन्धनले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरी संविधानअनुसार बनाउने र त्यसैअनुसार स्थानीय, प्रदेश र प्रतिनिधि सभाको चुनाव पटक गर्ने गरी छलफल गर्दै आएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार