काठमाडौँ । बरिष्ठ लेखक तथा बृहत् नागरिक आन्दोलनका अगुवा खगेन्द्र संग्रौलाले राजनीतिक दलहरुका लागि पछिल्लो समय जटिल बन्दै गएको स्थानीय तहको निर्वाचनबारे व्यंगात्मक टिप्पणी गरेका छन्।
लेखक संग्रौलाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भित्तेघडीको पेण्डुलमको संज्ञा दिए । पाँच दलीय सत्ता गठबन्धनका प्रमुख देउवा पुन: असक्षम सिद्ध हुँदै गएको संग्रौलाको भनाइ छ।
संग्रौलाका अनुसार स्थानीय तहको चुनाव कहिले गर्ने भन्नेबारे प्रधानमन्त्री देउवा आफैं अलमलमा छन् । उनलाई आफ्नै दल (कांग्रेस)का शेखर कोइराला र गगन थापाले बैशाखमै चुनाव गर्न दबाब दिएका छन् भने गठबन्धनको दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले चुनावको मिति सार्न दबाब दिइरहेको बुझिन्छ।
यता, निर्वाचन आयोगले चुनाबकाे मिति ताेक्न सरकारलाई पत्र समेत पठाइसकेको छ। यिनै बिषयलाई लिएर संग्रौलाले ट्वीटरमा लेखेका छन्, देउवाको धूमिल नज भित्ते घडीकाे पेन्डुलमझैं घरी यता, घरी उता।’
प्रधानमन्त्री देउबा धरमर,भ्रमित र अकर्मण्य,तसर्थ पुन:”अक्षम”सिध्द।आफ्नै दलका शेखर-गगन भन्छन्- चुनाब नसार,नत्र..।गठबन्धनका माधव भन्छन्- चुनाब सार,नत्र..।निर्वाचन आयाेग भन्छ- चुनाबकाे मिति ताेक,नत्र..।देउबाका धूमिल नजर भित्ते घडीकाे पेन्डुलमझैं घरी यता,घरी उता।यस्ताे पनि प्रम,हैट्!
— Khagendra Sangroula (@belakoboli) January 28, 2022
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend