Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस केन्द्रीय समिति बैठक आज, यी हुन् एजेण्डा [सूची]


    शुक्रबार, माघ १४ २०७८
    2.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (शुक्रबार) बस्दै छ ।

    बिहीबार मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गर्दै बैठक दिउँसो ३ बजेका लागि बस्ने जनाएका  थिए । बैठक भर्चुअल माध्यमबाट बस्ने जनाइएको छ ।

    यसअघि कांग्रेसको संस्थापनइतर पक्षका नेताहरूले पार्टीभित्र छलफल नै नगरी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनसँग छलफल गरिरहेको भन्दै असन्तुष्टि जनाएको थियो । यहीबीच कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो ।

    बैठकमा सभापति शेरबहादुर देउवाले वरिष्ठताका आधारमा कार्यसम्पादन समितिमा नेताहरूको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् । कार्यसम्पादन समितिमा पार्टीका पदाधिकारी पदेन सदस्य रहने व्यवस्था छ।

    1643290003-kBs8w.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार