काठमाडौं। नेकपा एमाले प्रदेश एकले राष्ट्रिय सभा निर्वाचनका क्रममा अन्तरघात गर्नेहरुमाथि छानबिन गरी दोषीमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।
प्रदेश नम्बर १ अध्यक्ष तुलसी न्यौपानेले विहीबार एक विज्ञप्ति जारी गर्दै पार्टी भित्रका कतिपय अवसरवादी र अराजक पात्रहरुले राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा समेत अवान्छित हर्कत गरेको पाइएको उल्लेख गरिएको छ ।
‘पार्टी भित्रका कतिपय अवसरवादी र अराजक पात्रहरुले यो राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा समेत अवान्छित हर्कत गरेको पाइएको छ । पार्टी निर्णय र हित विरुद्धमा चालिएका त्यस्ता अन्तरघाती कदमको वस्तुनिष्ठ छानबिन गरी दोषी उपर कडा कार्यवाहि गर्न हाम्रो पार्टी नेकपा एमाले कृतसंकल्पित छ’ न्यौपानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बुधबार सम्पन्न निर्वाचनमा प्रदेश एकबाट एमालेका उमेद्वार सोनाम गेल्जेन शेर्पा विजयी भएका थिए भने अर्का उम्मेदवार गुरु बराल पराजित भएका थिए । उनी आफ्नै पार्टीका दुई सांसदको मत नपाउँदा पराजित भएको बताइएको छ ।
शेर्पालाई बधाई दिँदै विज्ञप्तिमा पाँच दलीय गठबन्धनविरुद्धको जीतमा सहयोग गर्नेहरुमा शुभकामना दिइएको छ ।
‘ईतिहासका बेग्ला बेग्लै कालखण्डहरुमा अनेकौ षडयन्त्र, घात-प्रतिघात र प्रतिकुलताहरुलाई पराजित गर्दै नेपाली जनताको न्यानो माया, सद्भाव र भरोसाको मजवुत जगमा नेकपा (एमाले) खडा छ’ विज्ञप्तिमा भनिएको छ।

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend