Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले कैलाली अध्यक्षमा थापा विजयी, चन्द ४ मतले हारे


    मंगलबार, पुष २७ २०७८
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी। नेकपा (एमाले) कैलाली जिल्ला अध्यक्षमा रतन थापा विजयी भएका छन् । थापाले प्रत्यासी रणबहादुर चन्दलाई चार मतले पराजित गरेका हुन् ।

    आठौं अधिवेशनमा भएकाे चुनावमा थापाले २ सय ८७ मत पाउँदा चन्दले चन्दले २ सय ८३ मतमा चित्त बुझाए ।

    एमाले कैलालीको उपाध्यक्षमा दुर्गा जोशी विजयी भएका छन् । उपाध्यक्षका अर्का प्रत्यासी सीताराम बुढाथोकीलाई पराजित गर्दै जोशी विजयी भएका हुन्।

    जोशीले ३ सय २७ मत पाए भने बुढाथोकीले २ सय ९ मत पाएका हुन् । सचिवमा डेजी पाण्डे २ सय ९४ मत ल्याएर विजयी भएका छन्, भने उनका प्रतिस्पर्धी दानबहादुर विक २ सय ६० मत ल्याएर पराजित भएका छन् ।

    उपसचिवमा ममता चौधरी र लोकेन्दबहादुर शाही विजयी भएका छन् । उपाध्यक्ष र सचिवमा विजयी भएका जोशी र पाण्डे दुबै चन्द प्यानलका उममेदवार हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार