काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा ६ जना नवप्रवेशी नेताले केन्द्रीय समितिमा जित हासिल गरेका छन ।
विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) र राप्रपा परित्याग गरी आएका सुनिलकुमार थापासहित ६ जना नवप्रवेशी केन्द्रीय समितिमा विजयी भएका हुन् ।
३० असोज ०७४ मा कांग्रेससँग पार्टी समायोजन गरेका गच्छदार स्वयं उपसभापतिमा दुई मतले धनराज गुरुङसँग पराजित भए पनि उनीसँग आएका पाँचजना भने केन्द्रीय समितिमा विजयी हुन सफल भएका छन् । लोकतान्त्रिक फोरमबाट कांग्रेस भएका गोपाल दहित, गणेश लामा, रामजनम चौधरी, योगेन्द्र चौधरी र कल्पना चौधरी केन्द्रीय समिति सदस्यमा निर्वाचित भएका हुन् ।
केन्द्रीय समितिका लागि खुलातर्फबाट उम्मेदवारी दिएका दहित १७ सय १० र लामाले १७ सय ८२ मत ल्याए । रामजनम चौधरी थारू खुला कोटातर्फबाट २५ सय तीन र योगेन्द्र चौधरीले २१ सय ९८ मत प्राप्त गरी केन्द्रीय समितिमा पुग्न सफल भएका छन् ।
यसैगरी, थारू महिला कोटातर्फबाट २५ सय २४ मतसहित कल्पना चौधरी केन्द्रीय समितिमा विजयी हुँदा गच्छदारसहित तत्कालीन लोकतान्त्रिक फोरमका शिवकुमार गुर्मछान र गीता चौधरी प्रतिस्पर्धामा उत्रिए पनि केन्द्रीय समिति सदस्य बन्न असफल रहे ।
राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका सुनिल थापा पनि केन्द्रीय समितिमा सदस्यमा खुलातर्फबाट विजयी भएका छन् । १३ साउन ०७७ मा कांग्रेस प्रवेश गरेका थापालाई २८ कात्तिकमा सहमहामन्त्रीको जिम्मेवारी दिइएको थियो । हालै सम्पन्न महाधिवेशनमा खुला केन्द्रीय सदस्यको कोटाबाट उम्मेदवार भएका थापाले २४ सय ७२ मतसहित विजयी भएका हुन् ।
राप्रपा परित्याग गरी आएकामध्ये २८ कात्तिकमा केन्द्रीय सदस्यमा मनोनीत भएका रामप्रसाद भट्टराई, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, किरण गिरी, टिएन योगी, दिलीप राई, आशाराम चौधरी र राजेशबहादुर सिंहलाई सभापतिले मनोनीत गरे केन्द्रीय समितिमा ल्याउने बुझिएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend