Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदेश २: माओवादी परित्याग गरेर एमाले प्रवेश गर्ने स्थानीय तहका प्रमुख तीन पुगे


    बिहिबार, पुष ८ २०७८
    770
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी परित्याग गरी नेकपा एमाले प्रवेश गर्ने स्थानीय तहका प्रमुखको संख्या तीन पुग्ने भएको छ ।

    माओवादीबाट विजयी जगन्नाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएलगत्तै एमाले प्रवेश गर्ने प्रदेश २ मा स्थानीय तहका अध्यक्षको संख्या तीन पुग्न लागेको हो । 

    ओलीले सोही गाउँपालिकाका अध्यक्ष मियाँलाई पार्टी प्रवेश गराउन आज पर्सामा आयोजित आमसभालाई सम्बाेधन गर्न जाँदैछन् । अध्यक्ष ओलीसँग उपाध्यक्ष विष्णुप्रसाद पौडेल पनि पर्सा पुग्दैछन ।

    तत्कालीन नेपाल कम्युनिष्ट पार्टीलाई सर्वोच्च अदालतले मान्यता नदिए पछि पुनः एमाले र माओवादी केन्द्रमा विभाजित हुँदा रौतहटका मौलापुर नगरपालिका र कटहरिया नगरपालिकाका प्रमुख (मेयर)ले एमाले रोजेका थिए । प्रदेश २ की एक मात्र विजयी महिला मेयर रिनाकुमारी साह र कटहरियाका मेयर सियाराम कुश्वाहाले माओवादी परित्याग गरी एमाले रोजिसकेका छन् ।

    यसैगरी, रौतहट, बारा र पर्सालगायतका जिल्लावाट माओवादीबाहेक अन्य पार्टीवाट बिजयी वडा अध्यक्ष एमालेमा प्रवेश गरिरहेको स्थायी कमिटी सदस्य प्रभु साहले जानकारी दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार