Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि मतदान शुरु


    बिहिबार, पुष ८ २०७८
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम ।  नेपाली कांग्रेस प्रदेश नम्बर २ को नेतृत्वका चयनका लागि मतदान शुरु भएको छ । 

    जनकपुरस्थित गोपाल धर्मशालामा कडा सुरक्षाबीच आज बिहानदेखि मतदान सुरू भएको हो । 

    सहमतिमा नेतृत्व टुङ्गो लगाउने प्रयास असफल भएपछि दुई समूह छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।

    पदाधिकारीसहित ७२ सदस्यीय प्रदेश समितिका लागि १ सय ७४ जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये ५ जना सदस्य बुधबार नैनिर्विरोध निर्वाचित भएका छन् ।

    प्रदेशको सभापति पदमा पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट कृष्णप्रसाद यादव र शेखर कोइरालाको समर्थनमा विमलेन्द्र निधिनिकट रामसरोज यादव चुनावी मैदानमा छन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार