Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • आज न्याय सेवा आयोगको बैठक, जिल्ला न्यायाधीशकाे नतिजा प्रकाशन हुने


    बुधबार, पुष ७ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । न्याय सेवा आयोगको बैठक आज बुधबार बस्दैछ ।

    जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आयोगको बैठक अपराह्न ३ बजेका लागि बाेलाएका हुन् ।

    न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले पनि जिल्ला न्यायाधीशको लिखित परीक्षाको नतिजा प्रकाशन गर्न बैठक बस्न लागेको पुष्टि गरे ।

    आयोगमा प्रधानन्यायाधीश अध्यक्ष रहने व्यवस्था छ । कानून न्याय तथा संसदीय मामिलामन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, महान्यायाधिवक्ता र लोकसेवा आयोगका अध्यक्ष आयाेगकाे सदस्य रहन्छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार