Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • मेगा बैंकको साधारण सभाले पारित गर्‍यो १२.०७% लाभांश


    मंगलबार, मंसिर २८ २०७८
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मेघा बैंकको आज मंगलवार सम्पन्न सभाले १२ दशमलव शून्य ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ । सभाले १० प्रतिशत बोनस शेयर र २ दशमलव शून्य ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

    त्यस्तै, सभाले नयाँ उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने, प्राप्ति गर्नेलगायतका निर्णय गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने तथा वैदेशिक रणनीतिक साझेदार भित्र्याउने विशेष प्रस्ताव पनि पारित गरेको छ ।

    सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने, प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने लगायतका प्रस्ताव पनि पारित गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार