काठमाठौं । जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्ने ब्यक्ति जिल्ला सर्लाही ब्रम्हपुरी गा.पा वडा नं २ घर भई हाल जिल्ला काठमाण्डौ म.न.पा वडा नं ११ बबरमहल बस्ने ३८ बर्षका संजिब कुमार साह रहेका छन् ।
संजिब कुमार साहले भक्तपुर घर भएका उत्सव सुजखुलाई आफु अर्थ मन्त्रालयको लेखा अधिकृत भएको र म्यानेजमेन्ट ट्रेनीमा जागिर लगाइदिन्छु भनि दुई लाख रुपैयाँ ठगी गरेको पुष्टि भएको छ ।
संजिब कुमार साहलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले काठमाडौंको माइतीघरबाट पक्राउ गरि थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाएको छ ।