Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यसपटक गल्ती गरे पुस्तौँले पछुताउनु पर्छ: गगन थापा


    मंगलबार, मंसिर २८ २०७८
    335
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेस महामन्त्रीका उम्मेदवार गगन थापाले जारी १४औँ महाधिवेशनमा नेतृत्व चयनमा गल्ती गरे पुस्तौँले पछुताउनुपर्ने बताएका छन् । 

    सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुनुअघि अपील गर्दै उनले प्रतिनिधिलाई संविधान कार्यान्वयनको सफल नेतृत्व गर्न, राजनीतिमा देखिएका अनेकन बेथितिको अन्त्य गर्न र पार्टीलाई विधि र थितिमा वदल्न सक्ने नेतृत्व चयन गर्न आह्वान गरेका छन् । यसका लागि सभापतिमा शेखर कोइरालालाई जिताउनु पर्ने उनको भनाइ छ । 

    सभापति पदका लागि चुनावी प्रतिस्पर्धामा शेरबहादुर देउवा र कोइराला छन् । पहिलो चरणको निर्वाचन परिणामसँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिसकेका छन् । उनीहरूले देउवालाई समर्थन गर्ने भएका छन् । 

    gagan-thapa.png.png

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार