Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अध्यक्ष लिङ्देनलाई कमल थापाको घुर्की, निर्मल निवासको हस्तक्षेप छानबिन नगरे राप्रपा एक नरहने


    सोमबार, मंसिर २७ २०७८
    285
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा अध्यक्षमा पराजीत भएका कामल थापाले निर्वाचनमा पूर्वराजा र निर्मल निवासको हस्तक्षेपवारे छनाविन गर्न निष्पक्ष छानिवन समिति बनाउन माग गरेका छन् । सोमबार उनले निकालेको विज्ञप्तिमा राप्रपा एकता कायम राख्ने हो भने पार्टीको महाधिवेशनमा निर्मल निवासले गरेको हस्तक्षेपको छानबिन गर्नुपर्ने माग गरेका हुन् । छानबिन समिति गठन नगर्ने हो भने राप्रपा एक नरहने चेतावनीसमेत अप्रत्यक्ष रुपले नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई उनले दिएका छन् ।

    थापाले निर्मल निवासले पार्टी नेतृत्वको लागि भएको निर्वाचनमा गरेको हस्तक्षेपको भत्सर्ना गर्न लिङ्देनसँग आग्रह गरेका छन् । हस्तक्षेपको भन्र्सना गर्दै भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्न समेत उनले माग गरेका छन् । थापाको विज्ञप्तिमा उलेख छ–‘राजसंस्थाका वारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका वारेमा पार्टीभत्र बहस शुरू गर्नुहोस् । यसो गर्न सक्नु भयो भने पार्टी एकता पनि कायम रहन्छ र पार्टी को भविष्य पनि सुनिश्चित हुन्छ ।

    राप्रपाको महाधिवेशनपछिको पहिलो केन्द्रीय समिति बैठकमा कमल थापा समर्थकहरुले निर्मल निवासले गरेको हस्तक्षेपको छानबिन गर्न माग गरेका थिए । तर अध्यक्ष लिङ्देनले निर्मल निवासका बारेमा छानबिन हुन नसक्ने जवाफ दिएका थिए । 

    पार्टीको वृहत्तर हित र एकताको पक्षमा म मन वचन र कर्मले प्रतिवद्ध छु । यो पार्टीमा मेरो रगत पसिना वगेको छ । मलाई राप्रपाको धेरै माया छ । पार्टीका हजारौ कार्यकर्ताहरूको भविष्यको मलाई चिन्ता छ ।’
    थापाले विज्ञप्तिमा आफ्नै नेतृत्वमा संसदमा २६ सिट प्राप्त गरेको पनि उल्लेख गरेका छन् । तर उनको अधिक सत्तालिप्साका कारण २०७४ को निर्वाचनमा राप्रपाको एक सिट पनि नआएको जिम्मेवारी भने उनले लिएका छैनन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार