काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनको नेतृत्वको लागि हुने आज साेमबार बिहान ८ बजे तय भएकाेमा मतदान अझै सुरु भएको छैन । तर, सभापतिका उम्मेदवारमध्येका शेखर काेइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिले मतदान स्थलकाे निरीक्षण गरेका छन् ।
उनीहरु बिहान फरक-फरक समयमा मतदानस्थल पुगेका थिए ।
सभापतिका लागि काेइराला, सिंह र निधिसहित शेरबहादुर देउवा र कल्याण गुरुङ चुनावी मैदानमा छन् ।
निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठले मतपत्र छाप्न ढिलाइ भएकाले मतदान सुरु हुन नसकेकाे बताए । ‘मतपत्र छापेर ल्याइएकाे छ केही छिनमै मतदान हुन्छ,’ उनले भने ।
मतदाता मतदान गर्न लामबद्ध भइसकेका छन् । भृकुटीमण्ड, राष्ट्रियसभा गृह र प्रहरी क्लबमा मतदानका लागि व्यवस्था गरिएको कांग्रेस निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार प्रदेश १, बाग्मती र सुदूरपश्चिम प्रदेशको भृकुटीमण्डप र बाँकी राष्ट्रियसभा गृह र प्रहरी क्लबमा मतदानका लागि व्यवस्था गरिएको हो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend